समाजिक सँस्था समग्र जन उत्थान केन्द्र धनुषाद्धारा ईलाका प्रहरी कार्यालय यदुकूहालाई स्वास्थ्य समाग्री प्रदान गरेको छ ।
कोभिड–१९ मा अग्रपन्तिमा खटिरहेको सुरक्षाकर्मीलाई आफैं सुरक्षित रहनुपर्ने भन्दै सरसफाई तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो । शुक्रबार (आज) एक कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दिपक बाबु केसीलाई सो समाग्री हस्तान्तरण गरिएको हो ।
सहिदनगर नगरपालिकाकी उपप्रमुख शिला देवी कापरको विशेष उपस्थितिमा १५०० पिस सर्जिकल मास्क, ३० पिस एन ९५ मास्क, ८० बोतल सेनिटाईजर जेल, ५० जोडी ग्लोब्स, ३० पिस साबुन, १ पिस सेनिटाईजर डिस्पेन्सर, ५ लिटर सेनिटाईजर जेल, ५ सेट पिपिई र १ पिस थर्मोगन लगायतमा समाग्री उपलब्ध गराइएको समग्र जन उत्थान केन्द्रका समाजिक परिचालक बलिराम कापरीले जनाए ।
सहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डल, समग्र जन उत्थान केन्द्र, लहानका कार्यकारी निर्देशक देबराज पोखरेल, इन्टरनेशन अलर्ट सिनियर सरोज भुसाल, कार्यक्रम प्रबन्धक कृष्ण कुमार साह, कार्यक्रम अधिकृत किरण कर्णको विशेष रोहबरमा समाग्री हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्