Advertisement
☰

५२ हजार घुस लिंदालिंदै राष्ट्रिय कितावखानाका कर्मचारीसहित २ जना पक्राउ

न्युजडेस्क
२०७७ माघ १६, शुक्रबार ०९:०६

काठमाडौं । राष्ट्रिय कितावखाना (शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र उक्त किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपाने ५२ हजार रुपैयाँ घुससहित बिहीबार बेलुका पक्राउ परेका छन् ।

अवकास पश्चात पेन्सन कागजात बनाउन आएका शिक्षकसँग ५२ हजार रुपैयाँ घुस दिए काम छिटो गरिदिने भनी उनीहरुले उक्त घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सवारी चालक नेपाल र क्यान्टिन संचालक न्यौपानेलाई नियन्त्रणमा लिएको छ । कार्यालय परिसरको क्यान्टिनबाट उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर