काठमाडौं । राष्ट्रिय कितावखाना (शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र उक्त किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपाने ५२ हजार रुपैयाँ घुससहित बिहीबार बेलुका पक्राउ परेका छन् ।
अवकास पश्चात पेन्सन कागजात बनाउन आएका शिक्षकसँग ५२ हजार रुपैयाँ घुस दिए काम छिटो गरिदिने भनी उनीहरुले उक्त घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सवारी चालक नेपाल र क्यान्टिन संचालक न्यौपानेलाई नियन्त्रणमा लिएको छ । कार्यालय परिसरको क्यान्टिनबाट उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
























