जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले जनकपुरको शिव चोकमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन् ।
संसद विघटन र असंवैधानिक नियुक्ति विरूद्ध प्रदर्शन गर्दै जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । प्रदर्शनका क्रममा जसपाका नेता कार्यकर्ताले ‘ओली चोर, देश छोर’ नारा समेत लगाए ।
पुत्ला दहन कार्यक्रममा जसपाका प्रदेश सांसदहरू परमेश्वर साह, राम अशिष यादव, केन्द्रीय सदस्य संजय चौधरी धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, शेषनरायन यादव, लगायतका नेता कार्यकर्ता सहभागी थिए ।











