वीरगञ्ज- पर्साको जगरनाथपुर गाउँपालिकाको पिंडारीमा पर्ने ओरिया खोलामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपमा सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादव घाइते भएका पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।
घाइते दुवैजनाको नारायणी अस्पताल वीरगन्जमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उत्खनन् गरेर लैजाँदै गरेको भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो l
भारतीय बालुवा तस्करहरू बालुवा उत्खनन् गरेर लैजाने क्रममा पटक-पटक विवाद र झडप हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्