Advertisement

देउवालाई भेट्न प्रचण्डबूढानीलकण्ठ पुगे

न्युजडेस्क
२०७८ असार २६, शनिबार २१:४६

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्।

देउवानिवास बूढानीलकण्ठमा अहिले दुई नेताबीच छलफल भइरहेको छ। प्रचण्ड सवा ३ बजे देउवानिवास पुगेका थिए।त्यसअघि उनले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपालनिवास कोटेश्वर पुगेर भेटेका थिए।

भेटमा उनले विपक्षी गठबन्धनको साथ नछोड्न भनेका थिए। उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षलाई धोका दिन सक्ने भन्दै सचेत हुन भनेका थिए।एमालेभित्रको विवाद समाधानउन्मुख भएपछि नेता नेपाल पछिल्लो समय विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका छैनन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर