Advertisement
☰

अख्तियारका पदाधिकारीको जिम्मेवारी तोकियो

न्युजडेस्क
२०७७ माघ २८, बुधबार १४:३६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख एवं आयुक्तहरूको कार्यविभाजन गरिएकाे छ ।

विभिन्न मन्त्रालय हेर्ने गरी पदाधिकारीहरूको जिम्मेवारी निर्धारण गरिएकाे हाे ।
आयोगकाे ३१औँ वार्षिकोत्सवको अवसर पारेर सबै आयुक्तलाई महत्वपूर्ण मन्त्रालय मानिने अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालय पर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।

प्रमुख आयुक्त प्रेमकुमार राईले गृह, रक्षा र सुरक्षा निकायको तथा अर्थ, पूर्वाधार, सम्पत्तिसम्बन्धी र स्टिङ अपरेसनको जिम्मा लिएका छन् ।
आयुक्त जयबहादुर चन्दलाई विकास निर्माण, खानेपानी, शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । आयुक्त किशोरकुमार सिलवाललाई मुद्दा, न्याय र कानुनसम्बन्धी तथा सहरी विकासलगायत मन्त्रालयको जिम्मेवारी परेको छ। यस्तै आयोगमा प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद रिसाललाई दिइएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर