Advertisement

एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई अब एमाले भन्न मिल्दैन : इश्वर पोखरेल

न्युजडेस्क
२०७८ श्रावण ९, शनिबार ०८:५१

काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताउनुभएको छ ।शुक्रबार एमाले काठमाडौं ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टीभित्र रहेर पाटीविरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाल हुनै नसक्ने बताउनुभएको हो ।एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई पनि अब एमाले भन्न नमिल्ने उहाको भनाइ छ । पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमालेभित्र कुनै ठाँउ नरहेको बताउनुभयो ।
एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उहाँको भनाइ छ । त्यस्तै एमाले केन्द्रीय सदस्य एव प्रदेश सांसद नवराज सिलवालले मुलुकको बिकास गर्नका लागि वडा तहबाटै बिकासको सुरुवात गर्नुपर्ने भएकाले आफ्नो ध्यान बिकास निर्माणमा रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई महासचिव पोखरेलले एमाले प्रवेश गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर