Advertisement
☰

कोरोनाबाट आजतकका चर्चित पत्रकारको मृत्यु

न्युजडेस्क
२०७८ बैशाख १७, शुक्रबार २०:३५

काठमाडौं । भारतको टिभी च्यानल आजतकका चर्चित पत्रकार रोहित सनदानाको कोेभिड–१९ बाट मृत्यु भएको छ । एक साताअघि उनलाई संक्रमण भएको थियो । उपचारको क्रममा उनको शुक्रबार निधन भएको हो ।

४० वर्षका रोहितले २४ अप्रिलमा ट्वीट गर्दै आफुलाई कोरोना भएको र सुधार भइरहेको बताएका थिए । तर, उनको स्वास्थ्य एक्कासी बिग्रिएको थियो ।

उनका सहकर्मी तथा वरिष्ठ पत्रकार राजदीप सरदेसाईले उनको मृत्युको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।भारतमा कोरोना संक्रमण अनियन्त्रित भएको छ । बिरामीले अक्सिजन समेत नपाउने अवस्था छ ।

शुक्रबारको तथ्याङकअनुसार २४ घन्टामा तीन लाख ८६ हजारमा संक्रमण भएको छ । दैनिक ३ हजार भन्दा धेरैको मृत्यु भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर