Advertisement
☰

नेपालमा ५ सय ५० पत्रकारमा कोरोना संक्रमण, ७ को मृत्यु

न्युजडेस्क
२०७८ बैशाख २०, सोमबार १६:३५

नेपालमा ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै ७ जनाको मृत्यु भएको छ । 

महासंघले संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ । 

अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको भन्दै महासंघले यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरू अझ बढी गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिएको छ । 

यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न पनि महासंघले अपील गरेको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर