Advertisement

८ हजार घुससहित सिडिओ कार्यालय धनुषाका नासु पक्राउ

न्युजडेस्क
२०७८ भाद्र २३, बुधबार १८:१९

जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरी ८ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नायब सुब्बा चौधरीलाई मंगलबार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।

जनकपुरधामको क्याम्पस चोकस्थित एक होटलमा बसेर सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने नाममा घूस लिंदै गरेको अवस्थामा पक्राउ परेका चौधरीविरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर