Advertisement
☰

आज ४०० वटा अक्सिजन सिलिन्डर चीनबाट नेपाल ल्याइयो

न्युजडेस्क
२०७८ बैशाख २८, मंगलवार १७:०७

सरकारले चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर ल्याएको छ। नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको हो ।

कोरोनाभाइरसका कारण देशभर अक्सिजनको हाहाकार भएपनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो । 

यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको छ । 
सरकारले चीनको अनुदानमा २० हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउने बताइएको छ ।

२० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र बाँकी सडक मार्ग हुँदै नेपाल लाइनेछ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर