Advertisement
☰

मिर्चैयामा एक औषधी व्यावसायी माथि गोली प्रहार

न्युजडेस्क
२०७८ जेष्ठ २२, शनिबार २२:२७

सिरहाको मिर्चैयामा गोली लागेर एक जना घाईते भएको छ ।

आज (शनिबार) बेलुकी करिब ८ः३० बजेको समयमा मिर्चैया बजार स्थित गोली चलेको हो । गोली लागेर एक जना पुरुष गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पुरुषको नाम ठेगाना अहिले खुल्न नसकेपनि उनको दाहिने खुट्टामा गोली लागेको जनाइएको छ । अहिले जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी सहितको टोली घटनास्थलको लागि निस्केको जनाईएको छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर