जनकपुरधाम, असोज १९ गते । जनकपुरको पीडारीचोकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दास छन् ।
जनकपुरबाट ढल्केबर तर्फ जान लागेको ना . ७ ख ४७४८ नम्बरको टिपर विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।ठक्कर पश्चात् टिपरमा आगो लागेर पूर्ण रुपमा जलेको छ । मृतक दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी ।
ठक्कर पश्चात् टिपरमा आगो लागेर पूर्ण रुपमा जलेको छ । मृतक दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी ।
प्रतिक्रिया दिनुहोस्