प्रदेश-२ का सामाजिक विकास मन्त्रालयले धनुषाको हंसपुर नगरपालिकामा व्यवसायीक तथा सीप विकास तालिम केन्द्रले धनुषाको हंसपुर नगरपालिकाको समन्वयमा संचालित उद्यमशिलता विकासको ५ दिने तालिमको प्रमुख अतिथि मेयर रामज्ञान मण्डलको आतिथ्यमा शुभारम्भ गर्नु भएको छन् ।
विशिष्ट अतिथि वडा न.४ का वडा अध्यक्ष रामसेवक मण्डल, अतिथिहरुमा जसपा वडा न.४ का इकाई कमिटीका अध्यक्ष इस्लाम कवारी, जसपा युवा संघका केन्द्रीय सदस्य, युवानेता सुजित कापर, जसपा विद्यार्थी संघका केन्द्रिय प्रचारप्रसार सचीव सुधीर मण्डल, वडा न.१ का युवानेता अरुण मण्डल, वडा न.३ का जसपा नेता दशरथ मण्डल, वडा न.८ का युवानेता संतु मण्डल, राकेश मण्डल लगायतका नागरिक समाजका अगुवाहरु, तालीम लिने इच्छुक युवायुवतीहरुको समेत उपस्थिति रहेको थियो ।













