जनकपुरधाम / स्वच्छता अभियन्ता,प्रदेश सांसद राम अशिष यादवले सफाई कर्मचारीहरुलाई निजामती कर्मचारी जस्तै तलब सुविधा उपलब्ध गराउनुपर्ने कुरा बताउनुभएको छ।
नव गठित सरसफाई कर्मचारी संघको पदाधिकारी र सदस्यहरु को शपथ ग्रहण कार्यक्रम मा प्रदेश सांसद यादवले सरसफाई जस्तो महत्वपूर्ण कार्यको अभिभारा बोकेको सफाई कर्मचारीहरुलाई राज्य ले नीति गत रुपमा चरम विभेद गरेको आरोप लगाउनु भयो।
सांसद यादवले समाज रुपान्तरणका लागि विश्व प्रसिद्ध समाज सुधारक , भारतीय संविधान निर्माता बाबा साहेब डा भिमराव अम्बेडकर को मार्ग लाई सफाईकर्मिहरुले अनुसरण गर्नुपर्ने कुरा मा जोड दिनुभयो।
सफाई कर्मचारी संघ धनुषा जनकपुरधाम का अध्यक्ष इन्द्रजित राउत को अध्यक्षता मा सम्पन्न कार्यक्रममा राष्ट्रिय मुसहर समाज का केन्द्रिय अध्यक्ष, समाज सुधारक चन्देश्वर सदा, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह,यएनडिपी का प्रतिनिधि अर्जुन कुमार कुसबाहा, मत्स्य विकास तालीम केन्द्र का प्रमुख रविलाल शर्मा, दलित समाज का अगुवा नेता रामेश्वर महरा सहित का वक्ता हरुले सफाई कर्मचारीहरु को तलब सेवा सुविधा न्याय उचित हुनुपर्ने कुरामा जोड दिनुभयो।
























