Advertisement

प्रभु साहले गठन गरे ‘आम जनता पार्टी’, पार्टीभित्र को–को अटाए ?

न्युजडेस्क
२०७९ पुष १४, बिहीबार १८:५०

काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेर रौतहट क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् ।बिहीबार पत्रकार सम्मेलन गर्दै साहले आम जनता पार्टी गठनको घोषणा गरेका हुन्। उनी आफैँ अध्यक्ष रहेको पार्टीमा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटीसमेत गठन गरिएको छ।
पार्टीको संसदीय विभाग प्रमुखमा रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका किरण साह रहेका छन् भने संगठन विभाग प्रमुखमा कुन्दन कुशहवा छन् ।यस्तै, प्रचारप्रसार विभाग प्रमुखमा चन्द्रभूषण साह, पूर्व सांसद बद्री न्यौपाने विदेश विभाग प्रमुख रहेका छन् ।मन्त्री दिइए पुनः माउ पार्टी नेकपा माओवादी केन्द्रमै फर्किने तयारीमा रहेका भनिएका साहले बिहीबार पार्टी घोषणा गरेका हुन् । यसअघि मन्त्रीको माग गर्दै माओवादी जान लागेको चर्चा थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर