Advertisement

प्रदेश २ का अर्थ मन्त्रालयको जिम्मेबारी शैलेन्द्र प्रसाद साहलाई

न्युजडेस्क
२०७८ भाद्र १३, आईतवार १३:१५

जनकपुरधाम / प्रदेश २मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । प्रदेश २को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादवलाई दिइएको जानकारी पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले दिएका छन् । यता आफूलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट हटाएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको मन्त्री शैलेन्द्र साहले बताए । यद्यपि आफूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेबारी कसलाई दिइएको विषयमा जानकारी नरहेको बताए ।

अर्थ मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएका मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेबारी दिइएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर