जनकपुरधाम / मधेश आन्दोलन का जनक,संघीयताका पर्वतक जसपा नेपाल का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी केपी ओली का मतियार ठाकुर महतो कम्पनीलाई मधेशी जनताले माफी नदिने कुरा बताउनुभएको छ।
जनकपुरधाम मा जसपा का नेताहरु संग भेटघाट कार्यक्रम राष्ट्रिय अध्यक्ष यादवले संविधान, लोकतन्त्र र संघीयता माथि प्रहार गर्न दुष्प्रयास गरेको अोली, ठाकुर र महतोलाई लोकतन्त्रवादी ले माफी नदिने स्पष्ट पार्न भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत ले देश को वैकल्पिक शक्ति जसपा नेपाल मुल पार्टी को अध्यक्ष उपेन्द्र यादव रहेको स्पष्ट पार्दै जसपा नेता कार्यकर्ता हरुलाई ठाकुर महतो कम्पनीको जाल झेल मा नपरि पार्टी को छाता मुनि अाउन सल्लाह दिनु भयो।
भेटघाट कार्यक्रम मा प्रदेश सरकार का समाजिक विकास मन्त्री नबल किसोर साह,अर्थ मन्त्री शैलेन्द्र साह, पर्यटन मन्त्री रामनरेश राय, संघीय सांसद द्वय सुरेन्द्र यादव,डा सुर्यनारायण यादव, राज्य मन्त्री योगेन्द्र यादव,प्रदेश सांसद राम अशिष यादव, शैलेन्द्र कुमार यादब, पुर्व राज्य मन्त्री सरोज कुशबाहा, जनकपुरधाम का मेयर लाल किसोर साह सहित का नेता र जिल्ला का हजारौं अगुवा नेता हरु को सहभागिता रहेको थियो।
यस अघि राष्ट्रिय अध्यक्ष यादवलाई जसपा का हजारौं को संख्या मा रहेको जिल्ला का नेता हरु ले जनकपुरधाम बिमान स्थल म स्वागत गरेका थिए।
























