द प्रदेश टाइम्स
महोतरी, भदौ २८ : सम्सी–हल्दी हुलाकी सडक निर्माणमा आफनो नाम जोडेर गलत प्रचारवाजी भएको महोतरी सम्सी निवासी संजय साहले बताएका छन् । संघिय सरकारका पुर्व राज्यमन्त्री दिप नारायण साहको सुपुत्र संजयले भोटको राजनितिका कारण १ सय ५ फिट चौडा हुनु पर्ने सडकलाई भोटको राजनितीको कारण बिना नाला जस्ताको त्यस्तै वडा अध्यक्षहरुले बनाउन चाहेको उनको आरोप छ । उनले भने, ‘मैले स्पष्ट भनेको छु, सरकारी नाप नक्सा अनुसारको मध्य बिन्दुवाट दुवै तर्फ बराबर जमिन लिएर १ सय ५ फिट चौडाईको मापदण्ड अनुसारको सडक बनाउनु पर्दछ ।’
नेकपाकै सरकारले नै हुलाकी सडक द्रुत गतिमा बनाउन लागि परेको र आफनो परिवार पनि नेकपानै रहेकाले विरोध गर्ने कुरै नहुने उनको कथन छ । तर सम्बन्धित वडा अध्यक्षहरु भोटको राजनितिका कारण मुआब्जा लिइसकेकाहरुको समेत जमिन बचाएर अहिले चलनचल्तीमा रहेकै सडकलाई कोलो पत्रे गर्न लागि परेकाले आफुले चासो लिएको संजयको भनाई छ । हुलाकी सडक लाइफलाइन सडक हो उनले भने, ‘मापदण्ड अनुसारकै चौडाईमा मात्र कालो पत्रे हुनुे पर्ने अन्यथा सडक नै छोटो हुन्छ ।’ अहिले चलन चल्तीको सडक अनुसार गर्दा सडकमा नाला बनाउन पनि मुस्किल भइरहेको र सडक पछि साँगुरो र टेढो भइरहेको उनको भनाई छ ।
सरकारी नाप नक्सा अनुसार सडकमा आफनो जति जग्गा जमिन जान्छ आफु दिन तयार रहेको उनको भनाई छ । आफुहरु सडक नबनोस भन्ने पक्षमा कदापि हुन नसक्ने बताउदै उनले मापदण्ड अनुसारको स्तरीय सडक बन्नु पर्ने आफनो अडान भएपनि सम्सी गाँउपालिका वडा नं. ६ र ७ का वडा अध्यक्षहरु क्रमश मदन यादव र शैख उमैर तथा स्थानिय नेता सरोज यादवले पुर्व राज्य मन्त्री समेतको नाम जोडेर गलत प्रचारवाजी र आरोपको काम गरेको उनको कथन छ । गाँउपालिकाका अध्यक्ष फारुक अन्सारीले पनि सरकारको नियम नक्सा र मापदण्ड अनुसारनै सडकको निर्माण सम्पन्न हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्