Advertisement
☰

६ केजी पोल्याण्डसहित दुई जना पक्राउ

न्युजडेस्क
२०७८ भाद्र २९, मंगलवार १०:४६

काठमाडौं । महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले छुट्टाछुट्टै स्थानबाट ६ केजी पोल्याण्ड (प्रशोधित गाँजा) सहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिल बोहोराका अनुसार पक्राउ पर्नेमा मकवानपुर थाहानगरपालिका ७ घर भई संतुङ्गल बस्ने बर्ष २२ का राजेन्द्र अर्याल र धादिङ थाक्रे गाउँ पालिका ५ घर भई गुर्जुधारा बस्ने बर्ष १९ को कविर तामाङ छन् ।पक्राउ परेका अर्यालले कंलकी क्षेत्रमा बेच्नविखन गर्ने सूचनाका आधारमा ३ केजी पोल्याण्ड र नगद १८ हजार बरामद भएको थियो । अर्यालको संतुगलमा रहेको डेरामा चेकजाँच गर्ने क्रममा थप १ केजी २ सय ग्राम गरि ४ केजी २ सय ग्राम फेला परेको कालिमाटी बृत्तले जनाएको छ।

साथै प्रहरीले तामाङको साथवाट १ किलो ९५० ग्राम फेला परेको हो ।
पक्राउ परेका दुईलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरू गरिएको छ ।प्रहरीले एक जनालाई कंलकी क्षेत्रबाट पक्राउ गरेको हो भने अर्का चन्द्रागिरि गुर्जुधाराबाट पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर