Advertisement
☰

जनकपुरमा प्रहरी चौकीकै अगाडिबाट पत्रकार सिंहको मोटरसाइकल चोरी

न्युजडेस्क
२०७७ फाल्गुन ३, सोमबार २२:१२

जनकपुरधाम ३ फागुन । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा प्रहरी चौकीकै अगाडीबाट पत्रकारको मोटरसाइकल चोरी भएको छ ।

सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बाट दिउंसो १ बजे अफ द बिट मिडिया प्रालिद्वारा संचालित खोजकेन्द्र डट कमका सम्पादक पत्रकार राजकमल सिंहको पल्सर मोटरसाइकल चोरी भएको छ ।

भन्सार कार्यालय नजिकै रहेको डेरा अगाडीबाट पत्रकार सिंहको गाडी चोरी भएको हो । अफ द बिट मिडिया प्रालिको नाममा रहेको सो मोटरसाइकलको अस्थायी नम्बर लु ६५ प ८२२९ रहेको छ ।

कालो निलो रंगको २२० सिसिको मोटरसाइकल केहि महिना अगाडी मात्र पत्रकार सिंह खरिद गरेका थिए । गाडी चोरी भएलगत्तै प्रहरीलाई खबर गरेपनि फेला नपरेको उनले बताए ।

प्रहरीको फितलो शुरक्षा व्यवस्थाकै कारणले यता केहि दिनदेखी जनकपुरधाममा मोटरसाइकल चोरको बिगबिगी बढेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर