काठमाडौं । सशस्त्र प्रहरी बलले पर्साका ६ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ ।
नवनिर्मित बीओपी भवनको सोमबार छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरे ।ठोरी गाउँपालिका–२ राइधारा परिसरमा निर्माण भएको बीओपी भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक गौतमले शान्ति सुरक्षाको उचित प्रबन्ध नभई विकास नहुने बताए । सीमा क्षेत्रमा ५ सय बीओपी स्थापना गर्ने सरकारको लक्ष्य अनुसार पर्साका विभिन्न ६ स्थानमा भवन निर्माण भएको उनले जानकारी दिए ।
सोमबार पर्साको ठोरी–२ भन्सार, ठोरी–३ ब्रहम नगर, ठोरी–५ सुवर्णपुर, भिस्वा, पकामैनपुर र अमरपट्टी गरी ६ स्थानमा सशस्त्र प्रहरीको नवनिर्मित बीओपी भवनको उद्घाटन भएको छ ।
























