Advertisement

जसपा नेपालका मधेस प्रदेश परिषद सदस्य साहद्वारा रामजानकी मन्दीरको पर्खालको शिलान्यास

न्युजडेस्क
२०७९ भाद्र २६, आईतवार १६:५८

राजन कुमार बानिया
पर्सा २६ भदौ
जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले सखुवा प्रसौनी गाउँपालिका वडा – ६ एकडरवा स्थित श्री रामजानकी मन्दीर सौन्दर्य कारणका लागि मुख्य प्रवेश द्धार र (बाउण्ड्री) पर्खालका लागि आज (सोमबार) एक समारोहका विच शिलान्यास गरेका छन ।
मधेश प्रदेस सरकारको योजना अन्तरगत रहेको श्री रामजानकि मन्दिरको मुख्य प्रवेश द्धार र (बाउण्ड्री) पर्खाल निर्माणका लागि छुट्याएको २५ लाखको लागतमा निर्माणकार्य ३ महिना भित्रमा सम्पन्न हुने उपभोक्ता समितीले जनाएको छ ।
मधेश प्रदेस सरकारले आम-नागरिकको माग अनुसार सामुदायिक स्तरमा मठ,मन्दिर , मस्जिद , स्कुल, रोड, नाला लगायत समुदाय भवनको निर्माणको कार्यलाई तिब्रता दिदै आएकोमा मधेश प्रधेश प्रदेस सरकारलाई बिशेषरुमा यूवा नेता साहले धन्यवाद व्यक्त गरेका छन।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबाबु साह तेलि, चुकट कुर्मी , लगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।
आज तेस्रो दिन नेता साहले एउटा सामुदायिक भवन सहित श्री रामजानकी मन्दिरको सौन्दर्य कारणका लागि मुख्य प्रवेश द्धारा , (बाउण्ड्री) पर्खालको सिलान्यास गरेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर