Advertisement
☰

ईपीएल क्रिकेट खेल्नका लागि काठमाडौं आइपुगे पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी

न्युजडेस्क
२०७८ आश्विन ८, शुक्रबार ८:२३

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्नका लागि पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । ाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी विहीबार (आज) काठमाडौं आइपुगेका हुन् ।

शनिबारबाट शुरु हुने चौथो संस्करणको ईपीएल असोज २३ गतेसम्म चल्नेछ । अफ्रिदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरेका थिए ।
अफ्रिदी सम्मिलित टोली ‘काठमाडौं किंग्स इलाभेन’का पदाधिकारी पनि उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
नेपाल र नेपालीले दिने सम्मान राम्रो भएको भन्दै अफ्रिदीले नेपालको भ्रमण गर्न पाउँदा खुसी लागेको प्रतिक्रया दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर