Advertisement

अधिकारवादी आन्दाेलनकारीहरू बीचकाे एकता अपरिहार्य : युवा नेता जितेन्द्र यादव

न्युजडेस्क
२०७८ फाल्गुन १२, बिहीबार २०:०४

:- जितेन्द्र यादव अधिकारवादी आन्दाेलनका नेताहरू माथि प्रहार हुनु स्वभाविक नै हाे । त्यसकारण पनि जसपा,नेपाल माथि बारम्बार प्रहार भइरहेकाे कुरा सर्व स्वीकार्य नै छ । जसले याे आन्दाेलनकाे मर्मलाई आत्मसात गरेका छैनन् उसलाई के पिडा ? पहिचान,सामर्थ र अधिकारका लागि आफ्ना अमूल्य जीवन समर्पित गर्ने नेताहरू संघर्ष देख्दा आफूले धेरै थाेक गर्न नसकेकाे अनुभूति भइरहेकाे छ । आ-आफ्ना स्थानबाट हाम्रै लागि संघर्ष गरिरहेका महानायकहरु प्रति हामी नै प्रतिशाेधकाे भावना साधिनु दुर्भाग्यपूर्ण बिषय हाे । आखिर के का लागि ? हामीले संघर्ष गर्याैं, धेरै उपलब्धिहरू प्राप्त गर्याैं र धेरै प्राप्त गर्न बाँकी नै छ तर अहिले नै आफैले आफैलाई समाप्त पार्ने खेलमा लाग्दा कसैकाे भलाे नहुने निश्चय छ । त्यसकारण पनि अधिकारवादी आन्दाेलनकारी शक्तिहरु बीच एकतालाई मजबुत बनाइ राख्नु आजकाे आवश्यकता छ । हामीले हामीलाई चिनिनु नितान्त आवश्यक छ तर कसैकाे इशारामा आफैले अधिकारवादी आन्दाेलनलाई समाप्त पार्ने खतरनाक खेलमा संलग्न हुनु भनेकाे बहुसंख्यक जनताकाे टाउकाे काट्नु बराबर हाे । हामीलाई लाग्दैन, हामी कसैकाे प्यादी बनेर राजनीति गरिरहेका त छैनाै ! नत्र भने हामीलाई आफ्नै देशमा अधिकार र पहिचान बाट बन्चित गर्ने पहाडी शासक द्वारा बिभिन्न समयमा गरिएका सन्धि सम्झाैताहरूका लागि प्यादी बन्नु पर्ने बाध्यता किन्न ? नेपालकाे स्वाधिन्ता माथि खेलवाड गर्ने काे त ? नेपालकाे सार्भाैमिक्ता माथि बारम्बार प्रहार गर्ने काे ? अखण्ड नेपाल भित्रकाे गणराज्यहरु समाप्त पार्ने काे ? बिभिन्न राष्ट्रियताहरूकाे भाषा संस्कृति तथा राज्य सत्ता माथि प्रहार गर्ने काे ? मैले सिधा भन्दा खेरी त्यहि बाहुनवादी पहाडी शासक जुन बिभिन्न समयमा राणा भएर हाेस वा राजा वा अहिले आएर काँग्रेस बनेर हाेस वा एमाले । तर हामी अधिकार र पहिचानका लागि सँधै संघर्षरत रह्ने अधिकारवादीहरू कसैले गरेका सम्झौताहरूमा ल्याप्चे लगाउदा त्यसकाे साटाे हामी के पायाैं ?

जनताका लागि राष्ट्र हुने भएकाेले जसरी राष्ट्रिय स्वाधिन्ताका निम्ति एक जुट भएर संसदबाट चुच्चे नक्सा पारित गरियाे त्यसरी नै MCC आएमा देशलाई काया पलट नै हुन्छ भने किन्न एक जुट भएर पास गर्न नसकेकाे हाे ? प्रश्न गम्भीर छ; तर सत्तासिन हुनै पर्ने एमाले काँग्रेसकाे जुहारीमा हामी अधिकारवादी शक्तिहरू आफैमा विभाजित हुनु दुर्भाग्य हाे । 

नेपाल MCC र BRI काे चपेटामा कहिं अफगानिस्तान बन्ने त हाेइन ? चिन्ताकाे बिषय हाे; सत्ता टिकाउन र खसाउन कसैलाई MCC प्याराे र कसैलाई BRI प्याराे तर हामीलाई दुबै प्याराे भए पनि MCC Vs BRI काे खेलमा नेपाल समाप्त हुने खतरा उत्पन्न हुन सक्ने भएकाेले संशाेधन सहित सर्वसम्मत पास हुनु पर्ने आवश्यकता छ । शासकहरूले टनकपुर बेचेकै हाे, कालापानी, लिपुलेक र लिम्पयाधुरा बेचेकै सरह हाे अब सत्तासिन हुन MCC र BRI स्वीकार गर्नु काँग्रेस एमालेकाे रणनीति नै हाे । केही दिन के.पि. शर्मा ओलीजी ले राष्ट्रवादीकाे नाैटंकी गरेर चुच्चे नक्शा बमाेजिम जमिन फिर्ता गर्ने नाममा प्रतिगमन गरेकाे ताजा स्मरण छ नै । अहिले MCC काे नाममा वा अराजकतावादी कृयाकलापहरूका पृष्ठपाेशक भएर हाेस पुरानै राज्य सत्ता निम्त्याउने खेेलमा कांग्रेस र एमाले लागेका छन् भने कुरा छर्लङ्ग देखिन्छ । अधिकार बिहिन बहुसंख्यक जनताकाे लागि MCC, BRI भन्दा पनि आफ्ना अधिकारहरूका निमित्त सँघर्षरत रहनु पहिलाे कर्तव्य रहेकाेले सम्पूर्ण अधिकारवादी शक्तिहरू बीचकाे एकता कायम राख्नु नैतिक जिम्मेवारी हाे । तसर्थ जसपा, नेपाल नै एउटा यस्ताे पार्टी हाे जसले बहुसंख्यक जनताकाे पहिचान, सामर्थ र अधिकारका लागि प्रतिनिधित्व गर्ने सामर्थवान रहेकाे हुनाले राष्ट्र र राष्ट्रियताका लागि एकताबद्ध हुनु नै आजकाे आवश्यकता हाे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर