द प्रदेश टाइम्स / जनकपुरधाम महोत्तरीको गौशाला न.पा को निगौल मा रहेको गाई फर्म लाई मन्त्री साह द्वारा अनुगमन गरेका छ्न। सथै गाई फर्म मा केन्द्र ले गर्न नसकेको काम हरु प्रदेश सरकारले गर्छ। त्यो प्रतिबद्धता समेत गरेका छ्न।
भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले निगौल गाई गौशाला व्यवस्थापन कार्यालयलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतीबधता ब्यक्त गरेका छन् ।
महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्दै मन्त्री साहले सो गौशाला व्यवस्थापन कार्यालयलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतीबधता ब्यक्त गरेका हुन् । प्रदेश समिति सदस्य लक्ष्मी महतोले १ लाख रुपैयाँ सापटी दिनु भयो कार्यलय प्रमुखको जिममा प्रदेश सरकारको तर्फ बाट बजेट आउँछ भने उक्त समयमा पैसा फिर्ता गर्दिने।
साथै यस गौशाला व्यवस्थापन कार्यालयलाई प्रदेश नं.२ कै नमूना संस्था बनाउनका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री साहले प्रतिबद्धता जनाएका छन्। भारतका दरभंगाका महाराजले सञ्चालनमा ल्याएको ऐतिहासिक यस संस्थालाई जोगाउनका लागि प्रदेश सरकारले आगामी दिनमा हरसम्भव सहयोग गर्ने धारणा राखेका छन् । निगौल गाई गौशाला व्यवस्थापन कार्यालयमा हाल लगभग ३०० गाईलाई राखिएको छ । साथै, गाईको सेवा अर्थात् रेखदेखका लागि २१ जनालाई राखिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्