Advertisement

राष्ट्रिय युवा संघ नेपालको ५१ सदस्यीय मलंगवा नगर कमिटी चयन

न्युजडेस्क
२०७८ फाल्गुन २२, आईतवार २०:१९

सर्लाही,२२ फागुन। सर्लाहीको मलंगवा नगरपालिकामा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको प्रथम मलंगवा नगर अधिवेशन सम्पन्न भएको छ ।

नेकपा (एमाले) को युवा नेता चन्द्र भुषण साहको प्रमुख आतिथ्य तथा राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आयोजित प्रथम मलंगवा नगर अधिवेशन आज सम्पन्न भएको हो ।

राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य नविन साहको विशेष उपस्थितिमा सम्पन्न नगर अधिवेशनबाट अध्यक्षमा दाताराम साह, उपाध्यक्षमा निपु कुमार राम, सचिवमा रविन्द्र साह, उपसचिवमा फिरोज बैठा र अशोक साह सहित ५१ सदस्य नगर कमिटी सर्वसहमत रुपमा चयन भएको कुरा आयोजक कमिटीको युवा नेता विकास कुमार दासले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर