Advertisement

प्रदेश प्रमुख मिश्रा महागंगा आरतीमा सहभागी

न्युजडेस्क
२०७८ आश्विन ८, शुक्रबार २१:०१

जनकपुरधाम, असोज ८ गते। प्रदेश नं २ का प्रदेश प्रमुख हरिशंकर मिश्राले देवभूमि जनकपुरधामको पवित्र सरोवर गंगासागर मा गंगा पुजन गरेका छन्।

प्रदेश प्रमुख मिश्राले गंगासागरमा संचालित महागंगा आरतीमा सहभागी भैई धरतीका देवी माता जानकी जी र जलका देवी माता गंगा जीको संयुक्त रुपमा विधि विधान अनुसार पुजा गरेका छन्।

सो अवसरमा उहाँले सेभ हिस्टोरिकल जनकपुरधाम को अयोजनमा गंगासागरमा गत ८ वर्ष देखि संचालित दैनिक महागंगा अारतीले मिथिला को संस्कृति र प्रकृति संरक्षण मा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए का छन्।
उहाँले गंगासागर सफाई पश्चात गंगासागरमा सुरु गरिएको महागंगा आरतीले जनकपुरधामको उत्कृष्ट संस्कृति पहिचान देश विदेशमा स्थापित भैइ रहेको कुरा मा जोड दिनुभयो।

सो अवसरमा सेभ हिस्टोरिकल जनकपुरधाम का संस्थापक अध्यक्ष, जनकपुरधाम स्वच्छता अभियान का प्रणेता प्रदेश सांसद रामअशिष यादवले प्रदेश प्रमुख मिश्रालाई सम्मान गरेका छन्।
स्वच्छता अभियन्ताहरु हरिकान्त मिश्रा, योगेन्द्र मंडल,अजय महतो,रुद्र श्रेष्ठ सहित का अभियन्ता हरु ले प्रदेश प्रमुख मिश्रालाई स्वागत गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर