जनकपुरधाम, जेष्ठ १४ गते। मधेश प्रदेशको राजधानी जनकपुरधाममा मानव सेवा आश्रमको १८ औं शाखा आज देखि विधिवत रूपमा संचालन भएको छ।
मधेश प्रदेश का प्रदेश प्रमुख हरिशंकर मिश्राले एक समारोहका विच मानव सेवा आश्रमको समुदघाटन गर्नुभएको छ। सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश प्रमुख मिश्राले मानव सभ्यता जोगाउनका लागि स्थापित मानव सेवा आश्रमलाई सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो।
सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समाजसेवी प्रदेश सांसद रामअशिष यादवले मानव सेवा सर्वोत्तम सेवा रहेको ले मानव सेवा आश्रमको पवित्र मानव प्रबर्द्धन महाअभियान सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो।
मानव सेवा आश्रम का संस्थापक अध्यक्ष बरिष्ठ समाजसेवी रामजी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्री रामसरोज यादव , जनकपुरधाम उपमहानगरपालिका का उपप्रमुख किसोरी साह,, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्वर्गद्वारी जनकपुरधाम का निर्माता पवन कुमार सिंघानिया, मारवाडी सेवा समिति का अध्यक्ष निर्मल चौधरी, जनकपुरधाम उधोग बाणिज्य संघ का अध्यक्ष जितेन्द्र साह सहित का वक्ता हरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
जनकपुरधाम को रा रा ब क्याम्पस को पुर्व जलाद नदीको नजीक गणेश पार्टी प्यालेस मा स्थापित मानव सेवा आश्रममा असाह, बेसहारा, सडक पेटीमा जीवन यापन गर्न बाध्य भएका १ दर्जन भन्दा बढी व्यक्ति आश्रयच लिइ रहेको कुरा मानव सेवा आश्रम का अभियता सुमन बर्तौलाले बताए।
























