• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

स्वतन्त्र प्रेसलाई आत्मसात गर्नु गौरवको विषय : जसपा नेता जितेन्द्र यादव

२०७७ भाद्र १२, शुक्रबार ११:०१

जनकपुरधाम। नेपालमा स्वतन्त्र पत्रकारिताको इतिहास लामो छ । गोरखापत्रको झण्डै एक सय २० वर्षको इतिहासले यसलाई सजिलै पुष्टि गर्छ । यति लामो इतिहास बोकेको नेपाली पत्रकारिताबारे टिप्पणी कस्नको लागि सम्बन्धित विषयमा दखल हुनुपर्छ र गहिरो अध्यनको आवश्यक्ता पनि उतिकै हुनु आवश्यक हुन्छ ।

यद्यपी कुनै विधाको सैद्धान्तिक इतरका पक्षबारे बुझ्न र टिप्पणी गर्न आम जीवनको भोगाई र पात्रहरुको व्यवहारिकतालाई नियाल्दा सहज हुन्छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई अभ्यासमा ल्याएको धेरै समय भएको छैन् । नेपालको संबिधानको परिकल्पना अनुसार नेपालमा नयाँ शासनव्यवस्था संचालनमा छ । राज्यको तीनवटै तहमा जनताको सरकार सक्रियपूर्ण भूमिका निर्वाह गरिरहेको छ

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राज्यको प्रमुख तीन अङ्ग हुन् भने प्रेस जगत अर्थात पत्रकारिता जगतलाई व्यवहारतः चौथो अङ्गको रुपमा स्वीकार गरिएको छ ।
नेपालको संविधानमा कयौँ कमजोरी रहेपनि संविधानको प्रस्तावना मा स्वतन्त्र प्रेसलाई आत्मसात गर्नु गौरवको विषय रहेको छ ।

नेपालको संविधानले नै नागरिकको अधिकार र कर्तव्यबारे प्रस्ट पारेको छ । राज्यको चौथो अंगमा क्रियाशील पत्रकार पनि समान नागरिक हुन तिनको पृथक विशेषाधिकार हुँदैन तर पेशा, भूमिका र क्षेत्रका आधारमा आम नागरिकले पत्रकारलाई छुट्टै दर्जाको विशिस्ट नागरिक ठान्छन् । सायद पत्रकारको कार्यलाई लिएर नै होला नागरिकले तिनलाई सम्मान गर्छ । यही जनसम्मानलाई बुझेर या नबुझेर हामी कतिपय पत्रकार आफुलाई अरु भन्दा ठूलो, जान्ने विशिस्ट सर्वज्ञानीका रुपमा हेर्छौ, र ठूलो भुल गरिरहेका हुन्छौ । पत्रकार भएपछि विशेषाधिकार पाउनैपर्छ, देशको नीति नियमभन्दा माथि छु भन्ने जस्तो प्रवृत्ति चौथो अङ्गका कितपय सदस्यमा प्रकट भइरहेका छन् ।

यस्तो हुनु र सोच्नु अल्पज्ञान होला की ? आफ्नो मात्र नभएर सम्पूर्ण नागरिकको अधिकार रक्षाको लागि पहरेदारी र खबरदारी गर्ने सचेतक हो पत्रकार । आवाज विहीन नागरिकको आवाजलाई मुखरित गर्ने सचेत नागरिक हो पत्रकार ।यसरी देशको नागगरकको अधिकारप्रति सचेत रहँदै राज्यका अन्य तीनवटा अङ्गसंग जनतालाई जोडने पुलको काम गर्नु पनि पत्रकारको काम हो । यसैकारण पत्रकार विनयशील, अध्यनशील र सचेत हुनु अतिआवश्यक छ ।

हामीले हेक्का राख्नुपर्ने कुरा के हो भने अधिकारका साथै कर्तव्य जोडिएको हुन्छ । र यो आम नागरिक देखि हरेक ओहदामा बिराजमान व्यक्तिहरुको पक्षमा लागु हुनुपर्छ । पत्रकारिताको लामो गौरवपूणर् इतिहास पार गरेर यहाँसम्म आइपुग्दा पनि हामीले आफ्नो कर्तव्यप्रति सचेत भएका छौँ वा छैनौँ? राजनीतिक संस्था र तिनको नेताहरु सत्तामा रहँदा पत्रकारका कर्तव्यप्रति चासो राख्ने र फेरि तिनै संस्था र तिनको नेता विपक्षमा रहँदा अधिकारको मात्र वकालत गर्ने द्वैध चरित्र या परम्परागत मनोरोग यसको प्रमुख कारण हो की ?

नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपाली पत्रकारको योगदान उच्च रहदै आएको सत्यतालाई कसैले गलत साबित गर्न सक्दैन, यत्न पनि गर्नु हुँदैन । परिवर्तनको बिभिन्न कालखण्डमा यथास्थितीवादी सत्ताले बिभिन्न मिडिया हाउस माथि गरेको ʹआक्रमण’ले के प्रमाणित गर्छ भने नेपाली पत्रकारीता जहिले पनि अग्रगमनको पक्षमा चट्टान झैँ उभिदै आएको छ । साथसाथै अर्को पाटो के पनि हो भने, केही पत्रकारले प्रतिगमनकारी शक्तिको पृष्ठपोषण गरी शक्तिकेन्द्रलाई आफ्नो प्रभावमा राख्ने गरेको पनि पाइएको छ । राजतन्त्र वा पंचायतको वकालतकर्ताको रुपमा प्रस्तुत भएका पत्रकार, लेखक साहित्यकार पनि हामीले आवश्य देखेको हुनुपर्छ । यस्तो हुनु अस्वभाविक पनि होईन । व्यक्तिगत मत र मान्यताको वकालत गर्ने छुट लोकतन्त्रमा सबैलाई हुन्छ र हुनुपनि पर्ने हो ।

पत्रकारीता क्षेत्र बाहिर रहेका हामी जस्ता मानिसको सामान्य बुझाइमा पत्रकारको परम धर्म भनेको समाजमा घटेका कुनै पनि घटनालाई तथ्यपरक ढंगले बाहिर ल्याउनु हो । राज्यको कुनै निकायमा वा राजनीतिक वृतमाअप्रत्याशित घटना हुँदा त्यसको तथ्यपरक अध्यन अनुशन्धान गरी आम नागरिकलाई सुचित गराउनु हो । समग्रमा भन्दा समाज र देशलाई जवाफदेही बनाउन पत्रकारको भूमिका अति महत्वपूर्ण हुन्छ । पत्रकार बिनाको समाज कल्पणा गर्दा स्थिती अँध्यारो लाग्छ ।
पत्रकारले तथ्यमा आधारित समाचार तयार गर्दा हरेक निकायले त्यसलाई गम्भिरतासाथ लिने गर्छ नै । तर पत्रकारले कुनै विषयमा न्यायशिले फैसला सुनाए झै “जजमेन्टल” बन्नु हुँदैन । हरेक प्रकृतिको मुद्दामा कानुनी प्रक्रिया अगाडी बढाउने निकाय हुन्छ । हरेक को आफ्नो कानुनी दायित्व हुन्छ ।

समाचारलाई हतारको साहित्य भनिन्छ । तर पत्रकार हतारको साहित्यकार बन्नु उचित नहोला की ? पत्रकारिता एक संबेदनशिल विधा हो । यसको संबेदनशिलतालाई सहजरुपमा लिनु हुँदैन । संबेदनशिलतामा थोरै पनि चुक भयो भने अर्थको अनर्थ लाग्न सक्छ । अहिले परिवर्तित परिवेशमा ʹअनलाईन पोर्टल’हरु च्याउ जस्तै उम्रिएको छ । यो खासमा अतिनै सकारात्मक आयाम हो । मिडीयाको आकार फैलिनु लोकतान्त्रिक समाजलाई चित्रित गर्छ । तर पत्रकारितामा देखिएको प्रतिशपर्धाको होडवाजीले गर्दा यसले बिभिन्न प्रकारको बेथितीलाई समेत निम्त्याएको अवस्थालाई नकार्न मिल्दैन । कतिपय बेला जिउँदै मानिसको मृत्युको घोषणा मिडीयामा भएकै हो । फितलो अनुशन्धानकै भरमा कसैलाई भ्रष्ट साबित गर्न तल्लिन देखिएको छ पत्रकारीता, जुनकी दुर्भाग्य हो ।

देशमा वर्षैको संघर्ष र बलिदानीबाट संघियता आएको बिदितै छ । संघियतालाई नरुचाउने शक्तिहरु पनि छन्, राजनीतिक दल र पत्रकारीता जगत मा ।देशमा संघियता आएता देखि नै यसका कमजोर पक्षलाई देखाउँदै संघियतामाथि प्रहार जारी छ । नावालिग अवस्थामा रहेको संघीयता माथि नै प्रहार गर्नु देशको संबिधानमाथि प्रहार गर्नु हो भने सत्यताप्रति कसरी अबुझ हुनसक्छन् कोही ?

संकुचित अधिकार सहितको संघियतालाई अहिले गोँडमेल गर्नुपर्ने बेला हो । आफ्नो क्षेत्राधिकार अनुसार प्रदेशहरुले आफ्नो प्रस्तुती देखाइ नै रहेको छ । अभ्यास नयाँ भएको कारण सामान्य भूलचुक हुनु अस्वभाविक होइन् । यदाकदा कुनै पक्षबाट कुनैकिसिमको अनियमित्ता भएको हुनसक्छ । त्यसलाई पत्रकारले उजागर गर्नु समयको परम माग हो । यसले हरेकलाई सुधारको अवसर दिन्छ । तर भूलवस भएको कुनै गल्तीको कारण बलिदानी बाट ल्याइएको परिवर्तन र संघिय व्यवस्थालाई नै बदनामीको भूमरीमा धकेल्ने प्रयाशलाई किमार्थ स्वाभिवक भन्न सकिन्न । कुनै अमुक दलसंगको सामिप्यताको कारण या संघियता बिरोधी मानसिकता बोकेका कलमबाजहरुले आफ्नो कलमको मसीमा कुनै पूर्वाग्रही मसीकाे गन्ध त छैन् ?

लेखक यादव जनता समाजवादी पार्टी नेपालका नेता हुन् 

सम्बन्धित खवर

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रदेश विशेष

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग
प्रदेश विशेष

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले
रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ
प्रदेश विशेष

रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ

56 years पहिले

ताजा समाचार

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech