जुम्ला – जुम्लामा आठ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी काठमाण्डौ जान जुम्लाबाट नेपालगञ्जबाट पुग्नुभएको छ । डा. केसीले विज्ञप्ति निकालेर काठमाण्डौबाटै सत्याग्रह जारी राख्ने निर्णय गरेपछि जुम्लाबाट उहाँ विमानमार्फत नेपालगञ्ज पुग्नुभएको हो ।
डाक्टर केसीकै इच्छानुसार उहाँलाई चिकित्सकको साथमा पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । उहाँलाई साेमबार समिट एअरको जहाजमा नेपालगञ्ज पठाइएको नागरिक उड्यन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्र सिंहले बताउनुभयो ।
डा. केसीले सरकारले मागको विषयमा कुनै सम्बाेधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै राज्यले ताेडफोड गरेको आरोप लगाउँदै फेरि पनि यस्तो हिंसा हुन नदिन जुम्लाबाट काठमाण्डौको यात्रा सुरु गरेकाे बताउनुभएको छ ।
यसअघि अनसनस्थल धर्मशालाबाट अस्पताल लगिएपछि डाक्टर केसीले कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नुभएको थिएन ।
प्रतिक्रिया दिनुहोस्