• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस

७ असार २०७८, सोमबार

मेलम्ची । यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ ।

बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पु¥यायो । व्यक्तिगत घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमीन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो । साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको छ छ भने सञ्चार माध्यममा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।

कोरोेनाको कहरका बीचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरण जस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरुपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमूना विद्यालयका रुपमा परिचित छ । असार १ गतेको बाढीले सामान्य क्षति पु¥याएको विद्यालयमा शनिबारको बाढीले विद्यालयको भौतिक रुपमा क्षति ग¥यो ।

विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयवासीको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो । यसले गर्दा हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ ।

गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिनुहुने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षापे्रमी महानुभावले चासो र चिन्ता लिइरहेको बेला प्रकृतिले किन चिन्ता लिन सकेन ? स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिले पनि पाएन ।

विभिन्न सङ्घसंस्था, दातृ निकाय र अभिभावकहरुको पहलमा विद्यालयको भवन निर्माण भएको थियो । २०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्घर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकहरुले भुल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो ।

एउटा कक्षामा पढाएकोदेखि हल्ला गरेकोसम्म सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको फाइदा चै के थियो भने विद्यालयको भवन ढले पनि जमीन चै त्यहीँ थियो । अहिले न घर छ, न जमीन । यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्नका लागि प्रयासरत छ ।

विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गर्नुहुन्छ । भूकम्पको बेला जस्तै आम अभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकारवाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको उहाँले जानकारी दिनुभयो ।

मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन यो भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो । यता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउनुहुन्छ ।

इष्ट पोइन्ट एकेडेमीमा पनि क्षति

हेलम्बु गाउँपालिका–४ ढुङ्ग्रे बजारमा इष्ट पोइन्ट एकेडेमी बोर्डिङ स्कुल छ । अहिले ५५० जना विद्यार्थी अध्यनरत छन् । सरकारी स्कुलको सन्दर्भमा बोर्डिङ स्कुलमा पूर्णतया अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले अभिभावकको ध्यान बोर्डिङ स्कुलतर्फ केन्द्रित हुन्छ ।

धेरै विद्यार्थीको सम्भावना बोकेको छ । निजी विद्यालय भए पनि समुदायको धरै आशा बोकेको विद्यालय खोलामा सीमित हुँदा विद्यालयका प्रधानाध्यापक दामोदर भारती निःशब्द हुनुहुन्छ । आफ्नै घर, खेत पूरै खोलाले बगाउँदा पनि उहाँलाई सबैभन्दा धरै विद्यालय र विद्यार्थीको भविष्यको चिन्ता छ ।

घरको पिल्लर मात्र देखाउँदै उहाँले भन्नुभयो, “मेरो आफ्नै घर छैन, वर्षभरि खाने खेत छैन जिन्दगी सुम्पेको विद्यालय पनि छैन ।” केही सोच्नै सकेको छैन भावुक हँुदै उहाँले भन्नुभयो, “प्रकृतिसँग कसैको केही नलाग्ने रैछ । भूकम्पले ढलाएको विद्यालय पुनर्निर्माणपश्चात् गुणस्तरीय शिक्षामा नै केन्द्रित थियो ।”

विद्यालयको भवन त ढल्यो नै अभिभावकहरुले पनि चासो र चिन्ता लिइरहनुभएको छ । विडम्बना चासो दिनैपर्ने निकायले चासो नदिँदा उहाँ दुःखी हुनुुहुन्छ । विद्यालयमा त्यति धेरै क्षति हुँदा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारदेखि सरोकारवाला निकायको एक कल फोनसमेत नआउँदा र सहानुभूतिका शब्द वर्षा नहुँदा दुःखित हुनुभएका उहाँले कोही नभए पनि अभिभावक त हुनुहुन्छ भन्दै चित्त बुझाउनुभएको थियो ।

निजी विद्यालय भए पनि शिक्षा प्रदान गर्ने पुण्य थलोलाई बहिष्कार गर्दा समाजका लागि अहिलेसम्म बिताएको समय निराशाजनक भएको प्रअभारतीको कथन छ । अबको विद्यालय के हुने ? कहाँ स्थानान्तरण गर्ने ? शैक्षिक गतिविधि कसरी अगाडि बढाउने लगायतका प्रश्नको वर्षाले उहाँ चिन्तित हुनुहुन्छ ।

रेडियो मेलम्चीको कार्यालय पनि पूर्ण क्षति

बाढीले रेडियो मेलम्ची १०७.२ मेगाहर्जको कार्यालयमा बाढीले पूर्ण क्षति पु¥याएको छ । बाढीको सूचना दिँदादिँदै आफैँ बाढीमा डुबेको रेडियो मेलम्चीले ठूलो क्षति बेहोर्नु परेको छ ।

समुदायको सहयोगमा भर्खरै निर्माण सम्पन्न भएको रेडियोको भवन क्षणभरमै बाढीमा मिल्दा समुदायको मन रोएको छ । समुदायसँगै सहयोग सङ्कलन गरेर ठडिएको भवन अहिले डुबानमा छ । रेडियोको सम्पूर्ण सामानमा क्षति पुगेको छ ।

ल्यापटप, कम्प्युटर, विभिन्न डिभाइस, क्यामेरा, नगदपैसालगायत रेडियोसँग सम्बन्धित सम्पूर्ण कागजपत्रहरु बाढीले बगाउँदा अहिले रेडियो सञ्चालन गर्न हम्मेहम्मे भएको छ । धरै मिहिनेतपछि आफ्नै भवनबाट सञ्चालनमा आएको रेडियो फेरि पनि पुरानै अवस्था अर्थात् जस्ताको टहरोमा नै सीमित भएको छ ।

रेडियोमा भएको क्षतिले गर्दा ग्रामीण भेगका नागरिकको सारथी गुमेको छ भने रेडियोको हालत बिचल्ली भएको छ । करीब ६५ लाख लागतमा निर्माण गरिएको भवन र त्यहाँको संरचनामा पुगेको क्षतिले करीब एक करोड २० लाखभन्दा धेरैको क्षति पुगेको छ । अहिले रेडियो सञ्चालनका लागि हारगुहार गर्दै अगाडि बढ्नुको विकल्प छैन ।विभिन्न व्यक्ति तथा संस्थाले तत्कालका लागि केही सहयोग गरे पनि दीर्घकालीन रुपमा रेडियो सञ्चालनका लागि बाटो हेरिरहेको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । रेडियो सञ्चालनका लागि तत्काल ल्यापटप, कम्प्युटर, रेकर्डर, फर्निचर, अडियो कन्भर्टर, डेबालगायत उपकरणको आवश्यक रहेको जनाइएको छ । छिटोभन्दा छिटो रेडियो व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि सहयोग गरिदनुहुन अपिलसमेत गरिएको छ ।

अहिलेको मेलम्ची पीडितहरु विभिन्न स्थानमा छरिएर रहेका छन् । ग्रामीण तथा विकट कतिपय स्थानमा अझै पनि राहत नपुग्दा सुविधासम्पन्न र बेँसी इलाकामा राहतको ओइरो लागेको छ । खाद्यान्नभन्दा पनि आवश्यकता हेरेर राहत ल्याउनका लागि स्थानीय सरकारले आग्रह गरिरहेका छन् ।
जोखिममा रहेका घर तथा बस्तीको अस्थायी रुपमा स्थानान्तरण गर्ने काम लगभग सकिएको छ भने स्थायी रुपमा पीडितहरुका लागि के गर्ने भन्ने विषयमा स्थानीय सरकार पनि रनभुल्लमा छन् । क्षतिको विवरण सङ्कलन र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको स्थानीय सरकार मैदानमा नै निरन्तर भए पनि स्थानीयवासीले भने आलोचना गर्न छाडेका छैनन् ।अहिले मेलम्चीदेखि हेलम्बुको अवरुद्ध सडक खोल्नका लागि प्रयास भइरहे पनि पानीको बहावले निरन्तर काटिरहने हुनाले समस्या भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

सम्बन्धित खवर

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै
प्रदेश विशेष

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

3 days पहिले
जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु
प्रदेश विशेष

जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु

2 weeks पहिले
भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित
खेलकुद

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

3 weeks पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी
प्रदेश विशेष

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

3 weeks पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक
प्रदेश विशेष

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

3 weeks पहिले
जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रदेश विशेष

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

3 weeks पहिले

ताजा समाचार

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

3 days पहिले
जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु

जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु

2 weeks पहिले
भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

3 weeks पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

3 weeks पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

3 weeks पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech