Advertisement
☰

हँसपुर नपामा ६० लाखको धर्मशाला निर्माणका लागि मेयर द्वारा भूमिपूजन।

न्युजडेस्क
२०७७ आश्विन १७, शनिबार २०:४६

द प्रदेश टाइम्स / जनकपुरधाम, १७ असोज । धनुषाको हँसपुर नगरपालिका ७ पर्साहीमा कबिर आश्रम धर्मशाला निर्माणका लागि शनिवार भूमि पूजन गरिएको छ ।

सन्त युगेश्वर दासको अध्यक्षतामा सोही नगरपालिकाका मेयर रामज्ञान मण्डलले भूमि पुजन गरेका हुन । भूमि पूजन कार्यक्रमा उपमेयर रेणु झा, नेपाल भारतका कबिर साधुसन्त, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो ।

एकवर्ष भित्रमा ६० लाखको लागतमा तीन सयदेखि पाँचसय साधुसन्त अटाउने गरी सो धर्मशाला निर्माण गरिने जनाएको छ । तीनवटा ठूला कोठा, सभाकक्ष, शौचालय लगायतको रहेको छ ।

भूमि पूजनका प्रमुख अतिथि मेयर मण्डलले अबिर आश्रम धर्मशाला निर्माण भएपछि स्थानीयहरुलाई विहेवारी लगायतको कार्यक्रममा समस्या नहुने जिकिर गरेका छन् । धर्मशाला निर्माणले धर्ममा मात्र होइन, सामाजिक विकास पनि सहयोग पुग्ने आफू विश्वस्त रहेको मेयर मण्डलले जिकिर गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर