Advertisement

ग्लोबल आइएमई बैंकले ललितपुरको मंगलबजारमा खोल्यो नयाँ शाखा

न्युजडेस्क
२०७८ कार्तिक ८, सोमबार १०:०२

काठमाडौं। ग्लोबल आइएमई बैंकले ललितपुरको मंगलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा २ सय ८२ पुगेको छ। केही दिन अघि मात्रै काठमाडौं नयाँबजार खुसिबुमा नयाँ शाखा खोलेको थियो।

मुलुकभर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उदेश्यसहित शाखा विस्तारलाई बैंकले प्राथमिकता दिएको छ। बैंकको २ सय ५१ वटा एटीएम, २ सय ६० शाखारहित बैंकिङ सेवा, ४८ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन्।

यो वाहेक तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत छन्। बैंकमा २६ लाख भन्दा बढी ग्राहक छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर