Advertisement
☰

जसपा पार्टी द्वारा हाँसपुर मा दशै,दिपावली, तथा छठको शुभकामना आदान प्रदान

न्युजडेस्क
२०७७ आश्विन २४, शनिबार २१:४४

जनता समाजवादी पार्टी नेपाल हंसपुर नगर पालिका वार्ड न २ वाडा समिति द्वारा हिन्दुहरुको महान पर्व दशै,दिपावली, तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जसपा नेपालका नेता तत्कालीन समाजवादी पार्टी नं २ का समिति द्वारा आयोजित भएको कार्यक्रममा प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, बिशिस्ट अतिथि हंसपुर न.पा अध्यक्ष राम ज्ञान मन्डल, उपमेयर रेनु झा, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्बु साह, बलिराम कापडि , ॐ प्रकाश मह्तो, सम्पुर्ण वाडा एकाइ कमिटी अध्यक्ष र न.पा भित्र पर्नै गाउँ का अगुवा लगायतको नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

देशमा बैकल्पिक शक्ति निर्माणको लागि गाउँ स्तरबाट नेता कार्यकर्ता लाई संगठित गरि गरिब, उतपतडित, दलित, पिछडावर्ग, मुस्लिम, र महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भई अगाडी बढ्न आग्रह गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर