Advertisement

कतारबाट मलद्वारमा लुकाएर ल्याइयो ‘सुन’, एयरपोर्टबाट तीनजना पक्राउ

न्युजडेस्क
२०८१ पुष २८, आईतवार ०९:२६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीका २७ वर्षीय शिवशंकर चौधरी छन् ।
हिमालय एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट उनीहरू काठमाडौं आएका थिए । भन्सार छली लैजान लागिएको उक्त धातुसहित शुक्रबार उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वारभित्र लुकाइएको सुनजस्तो देखिने धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो ।कृष्णप्रसादको साथबाट ५८.३३ ग्रामको सिक्री, मोहम्मदको साथबाट ५८.३३ ग्रामको सिक्री र शिवशंकरको साथबाट ५८.३३ ग्रामको सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ ।आवश्यक अनुसन्धान एवं कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर