सेटिङको पावर कतिसम्म हुँदोरहेछ भन्ने उदाहरण हेर्न नवलपरासीस्थित सशस्त्र प्रहरी बलको २६ नम्बर गण काफी छ । माथिल्लो तहबाट भएको सेटिङकै कारण यहाँ कार्यरत तीन जवानले राज गर्दै आएका छन् । उनीहरु आफ्नो हाकिमलाई समेत नटेरिकन ‘उठाउ धन्दा’मा लिप्त रहेको बताइएको छ ।स्रोतका अनुसार घुमुवाका रुपमा परिचालित सशस्त्र प्रहरी जवान उग्र धोवी, रामु तेली र गजदीश यादवले यहाँ उग्र मच्चाउने गरेका छन् । उनीहरु व्यापारी नरेश भट्टको सिफारिसमा चार वर्षदेखि यो क्षेत्रमा घुमुवाको रुपमा रहेका छन् ।
सेटिङ गरेर व्यापारी भट्टले उनीहरुलाई घुमुवामा सिफारिस गरेको स्रोतको भनाइ छ । त्यसैको फाइदा उठाएर भट्टले २६ नम्बर गणमा सेटिङ मिलाउन सफल भएका हुन् ।
सेटिङ गरेमार्फत उनीहरुले भट्टलाई मासिक एकदेखि डेढ लाखसम्म बुझाउने गरेका छन् । साथै, उनीहरुले लत्ताकपडा र खाद्य सामग्रीसमेत उपलब्ध गराउने गरेका छन् । उनीहरुलाई यहाँका हाकिम एसपी महेश अधिकारीले समेत केही गर्न सकेका छैनन् । स्रोत भन्छ, ‘हाकिम साहेब पनि चेपुवामा हुनुुहुन्छ । माथीबाटै सेटिङ भएकाले चुपुवामा पर्नु भएको हो ।’
यसअघि धोवी, तेली र यादव हरपुरस्थित ‘विओपीमा खटिएका थिए । त्यसपछि उनीहरुलाई २६ नम्बर गणमा सरुवा भएर आएका हुन् । त्यसपछि घुमुवाको रुपमा रहेका छन् । उनीहरुले तस्करीहरुलाई समेत सहयोग गर्दै आएको स्रोतको भनाइ छ । उनीहरुसँग मिलेर भारतबाट निर्वाधरुपमा तस्करीहरुले मालसामान तस्करी गर्दै आएका छन् ।
यतिमात्र नभएर उनीहरु आफ्नै लु१ज २३३४ नम्बरको पिकअप समेत रहेको छ । उक्त पिकअपले काठमाडौंसम्म सामान ढवानी गर्दै आएको छ ।साथै, उक्त गणमा सरुवा भएर आएकाहरुलाई मन परेन भने तुरुन्तै अन्य ठाउँ वा काजमा पठाउने गरेका छन् । जनताको सुरक्षामा खट्ने प्रहरी नै तस्करीहरुसँग सेटिङ गरेर ‘कमाउ धन्दा’मा लागेको देखेर स्थानीय वाक्क भएका छन् भने यसले सशस्त्र प्रहरीको प्रतिष्ठामा समेत कालो धब्बा लगाउने काम भएको छ ।दृष्टि बाट
प्रतिक्रिया दिनुहोस्