• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रधानमन्त्री ओलीमा अहंकार आएको हो कि हिटलर बन्न खोजेको हो: नेता यादव

२०७७ कार्तिक २१, शुक्रबार २०:२५

• जितेन्द्र यादव

नार्सिसिज्म’ अर्थात अहंकार । अहंकार कुनै व्यक्तिका लागि राम्रो मानिदैन । प्रधान मन्त्री केपी शर्मा ओली ले अभिव्यक्ति दिनु भएको छ, ‘मैले राजीनामा दिनु भनेको देश बर्बादी तिर जानु हो ।’ उहाँ कुन सन्दर्भमा भन्नु भयो त्यता तिर नजाउँ । तर एउटा प्रधानमन्त्री ‘नार्सिसिज्मको’ शिकार भएको देख्दा उदेक लागेर आउँछ । नार्सिसिज्मको शाब्दिक अनुवाद हो आत्मपूजा । अर्को अर्थ हो अहंकार । ओलीजीको अभिव्यक्ति अहंकारले मात्र भरेको त छैन, यसले जर्मनीका शासक हिटलरको झझ्ल्को दिन्छ ।

स्मरणीय पक्ष के हो भने नेपाल कम्यिुनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक बिवादले मुन्टो उठाउँदा र छिमेकी मूलुकलाई शत्रुको रुपमा प्रस्तुत गरी ओलीजी ले आफ्नो पुरानो स्वभावको निरन्तरता दिनु भएको छ ।

आफ्ना काम कारबाही तथा प्रक्रियामा एउटा तानाशाही शासक मात्र थिएनन् । उनि एउटा मानसिकताका प्रतीकको रुपमा स्थापित भएका थिए । संसारमा सर्वश्रेष्ठ मुलुक जर्मनी, सर्वश्रेष्ठ शासक हिटलर र सर्वश्रेष्ठ दर्शन नाजीवाद । झुटो बोल्नु, जनतालाई उन्मादित पार्नुका साथै अन्ध राष्ट्रवादको भाषणबाट जनतालाई आफूतिर केन्द्रित गरेर राख्थे । सबै खाले शासकिय मिथ्या भाष्यलाई स्थापित गरानउको लागि उनका प्रचार मन्त्री गोयवल्स लागी पर्थे ।

राजनीतिक अभिव्यक्ति उहाँको दिनहुँ आएको हुन्छ । परपीडक अभिव्यक्तिका महारथी हाम्रा प्रधानमन्त्रीजीलाई यसपटक लागेको छ की उहाँले राजीनामा दिँदा देश बर्बाद हुन्छ ।

हाम्रा प्रधानमन्त्री हिटलर भन्दापनि एक कदम अगाडी बढेर देश, जनता र दल भन्दा पनि आफूलाई सर्वेसर्वा रहेको देखाउन पछी पर्दैन्न । उखान टुक्काका महारथी ओलीजी आफ्ना अभिव्यक्तिहरुका कारण धेरैपटक चर्चामा आएका हुन् । राजनीतिक अभिव्यक्ति उहाँको दिनहुँ आएको हुन्छ । परपीडक अभिव्यक्तिका महारथी हाम्रा प्रधानमन्त्रीजीलाई यसपटक लागेको छ की उहाँले राजीनामा दिँदा देश बर्बाद हुन्छ । स्मरणीय पक्ष के हो भने नेपाल कम्यिुनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक बिवादले मुन्टो उठाउँदा र छिमेकी मूलुकलाई शत्रुको रुपमा प्रस्तुत गरी ओलीजी ले आफ्नो पुरानो स्वभावको निरन्तरता दिनु भएको छ । नेपालको नक्शा परिवर्तन गरी संबिधान संशोसधन पश्चातको बेला हो, केही महिना पहिला । ओलीजी ले छिमेकी राष्ट्र भारतलाई इँगित गर्दै भनेका थिए की उनलाई केही विदेशी शक्तिले सत्ताबाट फाल्न उनका बिरुद्ध षडयन्त्र रचि रहेका छन् । उनि बिरुद्ध अमुक दूतावाश लागी परेको छ रे ! लगतै उनकै सहयात्री पुष्प कमल दहालको काउन्टर अभिव्यक्ति आयो, “ओलीजीलाई मैले हटाउन लागेको हो ।” यस्ता आरोप प्रत्यारोप को अभिव्यक्तिले देशको गरिमा पक्कै बढाएको हुँदैन् । ओलीजी ले अन्धराष्ट्रवादको अफिममा डुबेका सोझा नेपाली जनतालाई देश माथि खतराको भूत देखाएर आफ्नो प्रतिरक्षा गर्न सकिन्छ भनि बुझेका छन् ।

उनको आधिकारीक भ्रमण बारे नेपाली जनतालाई पूर्व औपचारिक जानकारी गराइँदैन् । देखाबटी रुपमा भारतको हुर्मत लिएको आडम्बर गर्ने हाम्रा प्रम ओलीजी रअ का प्रमुखलाई आफ्नो निवाश बालुवाटारमा ‘रेडकार्पेट’ ओछ्याई स्वागत गर्छन् ।

पछिल्लो समय भारतीय जाशुसी संस्था ‘रअ’ का प्रमुख नेपाल आउँछ । उनको आधिकारीक भ्रमण बारे नेपाली जनतालाई पूर्व औपचारिक जानकारी गराइँदैन् । देखाबटी रुपमा भारतको हुर्मत लिएको आडम्बर गर्ने हाम्रा प्रम ओलीजी रअ का प्रमुखलाई आफ्नो निवाश बालुवाटारमा ‘रेडकार्पेट’ ओछ्याई स्वागत गर्छन् । राती बालुवाटरमा आमन्त्रित रअ प्रममुख संग नेपालको प्रधानमन्त्रीले के संबाद गरे भनि नेपालीजनतालाई जानकारी छैन् । त्यस पश्चात आलोचनाको भाडी सह्न नसकेर प्रम ओली ले अहिले भारतीय सेना प्रमुख नेपाल भ्रमण गरि राख्दा फेरी अभिव्यक्ति दिन्छन् की मैले राजीनामा दिए भने देश बर्बाद हुन्छ ।
नेपाली जनताले पछिल्लो समय ओली नेतृत्वमा चुनाव लडेका नेकपालाई अपार बहुत दिएका छन् । ज्ञातब्य छ की नेकपाले पाएको बहुमतको आधार नै भारत बिरोधी थियो । अर्थात मधेश आन्दोलन तातत्कालिन मधेशवादी दलहरुले गरेको नाकाकक्सीलाई ओली ले भारतद्वारा गरिएको नाकाबन्दीको संज्ञा दिएर चुनावमा अपार बहुमत बटुलेकाथिए । त्यहीभएर होला अहिले ओलीजी पर्दा भित्र भारतसंग मधुर सम्बन्ध राखे पनि बाहिरी आवरणमा भारतलाई गाली दिँदै देशमाथि र उनि माथि खतरा रहेको अभिव्यत्ति दिँदै हिटलरको ‘नाजीवादी सिद्धान्त’को झझ्ल्को दिइ रहेका छन् जुनकी देशको लागि घातक मात्र होइन् चिन्ता जनक रहेको छ ।
प्रमजी नेपालको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था उल्लेख गरिएको छ । त्यसैगरी संविधानको धारा ४ नेपाल राज्यः (१) नेपाल स्वतन्त्र, अभिवाज्य, सार्वभौमसत्ता सम्पन्न…संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यहो भनि लेखिएको छ । तर नेपाल सरकार, मन्त्रि परिषद बैठकले ०७७ असोज ११ म गरेको निणर्य अनुसार निणर्य कार्यान्वयन सम्बन्धमा ०७७.७.४ जारी गरिएको सरकारको निर्देशनमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्नु भनि आदेश जारी गरेको छ । प्रमजी, संबिधानको प्रस्तावना असंशोधनिय हुन्छ भनी कसरी बिर्सनू भो होला ? नेपाली जनताको रगतले लेखिएको संबिधानको मर्म माथि प्रहार गर्ने तपाइँको मानसिकताले बिर सहिदहरुको आत्म माथि चोट पुर्याएको छ ।
प्रमजी, तपाइँको कार्यकालमा नेपाली जनताले सरकारको अनुभूती गर्न सकि रहेका छैनन्, तपाई आत्म समिक्षा गर्नुस । नेपाली जनताले बिभिन्न आन्दोलनबाट हासिल गरेका थुप्रा राजनीतिक उपल्ब्धीहरु खतराको बादल ले ढाकेको अनुभूती आमजनमा हुन थालेको छ । संघिय नेपालमा प्रदेशहरुलाई संघको फगत एकाई हो भनि तपाँइको अभिव्यत्ति खेदजनक छ । कोरोना जस्तो महामारी मातपाइँको सरकारको प्रदर्शन शून्यप्रायः छ । आम नेपाली भोका जनतालाई परोपकारी संस्थाहरुले काठमाण्डौमा निःशुल्क दुई छाक भोजनको प्रबन्ध गराइ राख्दा तपाई कै दलका मेयरले आफ्नो लाज छोप्न उक्त भोजन बन्द गराउन आदेश दिन्छ, निर्लज भएर । तर यसमा तपाइँ केही बोल्नु हुन्न ।
प्रमजी, तपाइँको राजीनामाले तपाइँको पार्टीमा त्यसको के असर पर्ला त्यो आम नेपालीको चासोको विषय नै होईन, हुनु पनि हुँदैन् । तर तपाइँले आज राजिनामा गर्ने हो भने त्यो देशको लागि सुखद दिनको रुपमा बुझिनेछ । तपाइँको प्रधानमन्त्रीत्वबाट प्रताडना भोग्न बाध्य आम गरिब नेपाली जनता खुशी हुनेछन् । प्राप्त गरिएका राजनीतिक उपल्ब्धीहरु धरापमा पर्नबाट जोगिने छ । प्रमजी, तपाइँ ‘नारसिसिज्म’ बाट बाहिर आउनुस् । यसले तपाइँलाई क्षणिक कालका लागि आत्मरोमान्चित हुने मौका त दिन्छ तर कुनै देशका कार्यकारीणी प्रमुख ‘नारसिसिज्म’ को सिकार हुनु राम्रो होईन ।

लेखक यादव जनता समाजवादी पार्टी नेपालका नेता हुन् । 

सम्बन्धित खवर

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू
प्रदेश विशेष

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन
प्रदेश विशेष

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले

ताजा समाचार

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech