जनकपुरधाम
प्रदेश नम्बर २सरकारले किसानहरुकाेलागि कृषि उपकरणहरु वितरण गरेका छन । धनुषाकाे बटेश्वर गाउँपालिकाकाे किसानहरुलाइ कृषि उपकरणहरु वितरण गरेका छन । कृषि कार्यमा सहज हुनकाेलागि प्रदेश नम्बर २ काे भूमि व्यवस्थापन तथा कृषि सहकारी मंत्री शैलेन्द्र साहले वितरण गर्नुभएकाे छ ।
कृषिमा विशेष जाेड दिन र किसानहरुलाइ कृषि कार्यमा सहज हुनकाेलागि अाउने समयमा समेत पहिल प्राथमिकतामा राखेर अगाडि बढने मन्त्री साहले बताएका छन । प्रदेश सरकारले प्रदेशका जनताहरुले लिएका कृषि लाेनकाे ब्याज बुझाइरहेकाे समयमा किसानहरुलाइ कृषि उपकरण दिदा किसानहरु थप खुशि भएका थिए ।
बटेश्वर गाउँपालिकाका तरकारी पकेटका किसानहरूले पचास प्रतिशतको अनुदानमा ६० थान समरशियल मोटर , ५० थान चार्जर स्पेयर, ५० थान सदा स्पेयर,३०० किलो डिलेवरी पाईप , ३०० थान क्रेट, २ थान गटर, १० थान ओल धुने मेशिन,१ थान रकेट पम्प , २ थान पम्पसेट, ५ वटा स्यालो टुवेल, १ वटा ईनारको साथै दर्जनौं कोदालो , हसियाँ, खुर्पी लगायतका कृषि सामग्रीहरु मन्त्री साहले दिएका छन ।
प्रतिक्रिया दिनुहोस्