जनकपुरधामको एतिहाँसिक बाह्रबिघ्घा रंगभुमि मैदानमा आज देखि सुरु भएको जनकपुरधाम टि–२० च्याम्पियनशिपको पहिलो खेलमा जनकपुरधामकै जित भएका थिए ।
आजको समुदघाटन खेलमा जनकपुरधामको धनुषा रोयल क्रिकेट एकेडेमीले लखौरी क्रिकेट क्लवलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगीतामा नेपाल र भारतको एक टिम गरि कुल १६ टिमको सहभागिता रहेको र यो प्रतियोगीता ९ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।
हरिज स्पोर्टस जोनको आयोजना जिल्ला क्रिकेट संघ धनुषाको सहयोग र ई. प्रेम चन्द्र रायको संयोजनमा सुरु भएको च्याम्पियनशिपको प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आज समुदघाटन गरेका छन् । जिल्ला समन्वय समिति धनुषाका उपसभापति दिपक कुमार झाले एक ओभर बलिङ्ग गर्दा मन्त्री यादवले ब्याटिङ्ग गरि प्रतियोगीताको समुदघाटन गरेका थिए ।
समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश २ का युवाहरु खेलकुदका माध्यमले मात्र स्वस्थ्य रहने र युवा स्वस्थ्य रहे मात्र प्रदेशको सम्पुर्ण विकास हुने बताए । कार्यक्रममा वृहतर जनकपुरधाम विकास परिषदका कार्यकारी निर्देशक, क्रिकेट प्रशिक्षक नविन सिंह सहित युवा नेताहरु, युवा अगुवाहरु, खेल जगतका अगुवाहरु सहित विद्यार्थी र आम दर्शकको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्