Advertisement

कांग्रेस र जनता समाजवादीका पदाधिकारीहरुबीच छलफल

द प्रदेश टाइम्स
२०७७ असार २३, मंगलवार ११:३१

काठमाडौँ । संसद् अधिवेशन अन्त्य गरिएको विषयमा कांग्रेस र जनता समाजवादीका पदाधिकारीहरुबीच आइतबार छलफल भएको छ । एमसीसी, नागरिकता संशोधनलगायत तत्काल गरिनुपर्ने विषयमा छलफल हुनुपर्नेमा संसद् अधिवेशन अन्त्य गरिएको भन्दै दुई पार्टीका पदाधिकारी छलफलमा जुटेका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा जसपाका महन्त ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो, बाबुराम भट्टराई सहभागी छन् । कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । जसपा नेताहरुले भेटघाटका लागि बोलाएकाले छलफल डाकिएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर