Advertisement

धनुषाबाट स्रोत नखुलेको ८३ लाख रूपैयाँसहित दुई जना पक्राउ

न्युजडेस्क
२०७९ असार २१, मंगलवार २०:१६

जनकपुरधाम, असार २१ गते । धनुषाबाट स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् ।

भारतबाट नेपाल ल्याउदै गरेको आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।

मंगलबार ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर