Advertisement

प्याजको बोरामा १० लाख नगदसहित भारतीय पक्राउ

न्युजडेस्क
२०७९ असार २४, शुक्रबार ०९:४८

वीरगंज। प्याजको बोरामा १० लाख रुपैयाँ रकम लुकाइ भारतबाट नेपाल पसेका एक जना रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको महाराष्ट्रका २६ वर्षीय मोहम्मद लकमरे आलम रहेको प्रहरीले जनाएको छ।
रौतहटको ईशनाथ नगरपालिका-६ चमना टोल नजिकबाट उनलाई सशस्त्र प्रहरी बलले नियनत्रणमा लिएको हो। उनी बीआर ०५ यू ५१६५ नम्बरको मोटरसाइकल कुदाउँदै आएका थिए। मोटरसाइकलमा प्याजको बोरा थियो, जसलाई चेकजाँचका क्रममा स्रोत नखुलेको रकम फेला परेपछि उनलाई समातिएको हो।
आलमको साथबाट भारतीय रुपैयाँ १२ हजार ५ सय पनि बरामद भएको छ।
सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीक्षक ध्रुव कार्कीका अनुसार आलममाथि अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर