Advertisement

रुपा सुनार प्रकरण : ‘ घरबेटीलाई धरौटी तिर्न अदालतको आदेश

न्युजडेस्क
२०७८ आश्विन ७, बिहीबार ०८:३९

काठमाडौं । जिल्ला अदालत काठमाडौंले तनहुँकी रूपा सुनारमाथि विभेद गरेको भन्दै घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई धरौटी तिर्न आदेश दिएको हो ।
केही दिन अगाडि नै सरकारी वकिल कार्यालय काठमाडौंले रूपा सुनारको मुद्दा अदालतमा दायर गरेको भएतापनि बुधबार (आज) मात्रै घरबेटी प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको हो ।

गत असारमा कोठा हेर्न गएकी रुपा सुनारले आफू कामीकी छोरी बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेकी आरोप लागेको थियो । त्यसपछि रुपाले आफूमाथि जातीय विभेद भएको भन्दै घरबेटी प्रधानविरूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । साथै घरबेटी प्रधानमाथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
तर, यता सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो, भने घरबेटी प्रधान हिरासतमुक्त भएकी थिइन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर