Advertisement
☰

बनेपामा बन्दकर्ता र प्रहरीबीच घम्साघम्सी, केही पक्राउ

न्युजडेस्क
२०७९ भाद्र ७, मंगलवार १२:३६

बनेपा । काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी परेको छ । विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीले आज (मगलबार) नेपाल बन्दको घोषणा गरेका छन् ।बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएपछि केहीबेर बनेपा तनावग्रस्त बनेको छ । केही बन्दकर्ता पक्राउ समेत परेका छन् । मंगलबार बिहानैदेखि उपत्यकालगायत देशका विभिन्न ठाउँमा बन्दको सामान्य प्रभाव देखिन थालेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कणर्जितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर