Advertisement

नेपाल नगरपालिका संघ मधेश प्रदेशमा प्रदिप यादव

न्युजडेस्क
२०७९ भाद्र १९, आईतवार १२:१५

जनकपुरधाम । नेपाल नगरपालिका संघ मधेश प्रदेश समितिको संयोजकमा धनुषा हंसपुर नगरपालिकाका मेयर प्रदिप यादव चयन भएका छन् ।

शुक्रबार सम्पन्न मधेश प्रदेश स्तरीय भेलाले तदर्थ समितिको संयोजकमा हंसपुर नगरपालिकाका मेयर यादवलाई सर्वसम्मत चयन गरेका हुन् । मधेस प्रदेशमा एक महानगर, तीन उपमहानगर र ७२ वटा नगरपालिका रहेको छसवै स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरपालिकाका मेयर र उपमेयर रहने गरी तदर्थ समिति गठन गरिएको जनाइएको छ ।

मधेश प्रदेशको ८ वटै जिल्लाका स्थानीय तहमा जुन पार्टी पहिलो भएको छ त्यसैले संयोजक पाउने भन्ने सिद्धान्तमा रहेर आफु संयोजक चयन भएको यादवले जानकारी दिए ।js

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर