Advertisement

प्रहरीको संयुक्त टोलीद्वारा सिरहा र महोत्तरीमा गाँजा फडानी

न्युजडेस्क
२०७८ मंसिर ७, मंगलवार १०:१८

सिरहा । नेपाली प्रहरी र सशस्त्र प्रहरीले सिरहाको विभिन्न क्षेत्रमा अवैधानिक रुपमा लगाइएको गाँजा फडानी (नष्ट) गरेको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ताबाट खटिएको संयुक्त प्रहरीको टोलीले सूचनाको आधारमा जिल्लाको विभिन्न क्षेत्रमा लगाइएको गाँजा फडानी गरेको हो । प्रहरीले गोलबजार नगरपालिकाका वडा नम्बर ७,८,१०, मिर्चैया नगरपालि-९, औरही गाउँपालिका-१ र नराह गाउँपालिका-२ मा ७ बिघा ७ कठ्ठामा लगाइएको गाँजा फडानी गरेको हो ।

त्यस्तै महोत्तरीको एकडाडा गाउँपालिका-५ मा ८ बिघा, सर्लाहीको लालबन्दी नगरपालिका-१४ मा ६ बिघा र पर्साको ठोरी गाउँपलिका-४ मा २ बिघा, ४ कठ्ठामा लगाएको गाँजा खेति फडानि गरी नष्ट गरिएकोछिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर