Advertisement

शहिदनगरमा करारका कर्मचारीले बुझाए ज्ञापनपत्र माग सम्बोधन नभए चरण बद्ध आन्दोलन गर्ने

न्युजडेस्क
२०७९ भाद्र २५, शनिबार १०:०२

प्रेमशिला यादव । जनकपुरधाम ,भदौ २५ गते । मधेश प्रदेशको अधिकांश स्थानीय तहहरूले करारका कर्मचारीहरूलाई गैर कानुनी ढंगले हटाएको छ । शहिदनगर नगरपालिकाका करारका कर्मचारीले हटाएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश चौधरी र उपमेयर लाई ज्ञापनपत्र बुझाएका छन ।

गत असार ३१ गते एक सूचना जारी गर्दै नगरपालिकामा कार्यरत सबै करारका कर्मचारीलाई हटाएको सूचना जारी गरेको थियो। सम्पूर्ण कार्यरत करारका कर्मचारीको म्याद नहुने जानकारी दिएको थियो।

शहिदनगर नगरपालिकाको मेयर दिनेश प्रसाद यादवले गैर कानुनी ढंगले सम्पूर्ण करारका कर्मचारी हटाएको विरुद्ध कर्मचारीहरू आन्दोलित भएका छन्। करार कर्मचारीको जीवन माथि खेलवाड भएको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन्।

नगर कार्यपालिकाको कार्यालयले विज्ञापन गरि खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका छौ, तर आफूहरूलाई राजनीतिक नियुक्ति सरह व्यवहार भएको करार कर्मचारी संघर्ष समितिका संयोजक ब्रह्मदेव यादवले जानकारी दिए।

करार कर्मचारीहरूको माग सम्बोधन नभएको खण्डमा करार कर्मचारी संघर्ष समिति चरण बद्ध आन्दोलन गर्ने समेत चेतावनी ज्ञापन पत्र मार्फत दिएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर