Advertisement

जसपामय कठाल

न्युजडेस्क
२०७९ आश्विन ३, सोमबार २०:२६

जनकपुरधाम, असोज ३ गते । देवेन्द्र खिरहरको अगुवाइमा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ।
जनकनन्दिनी गाउपालिका वडा नं – ६ कठालमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम जसपा गा. पा अध्यक्ष राधेश्याम यादवको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमका प्रमुख अतिथि मा. शैलेन्द्र कुमार यादवले नवप्रवेशीहरुलाई दोसल्ला ओढाई प्रवेश गराएका छन्।

कार्यक्रमको सम्बोधन गर्दै मुख्य सचेतक यादवले गठबन्धनको औचित्य औल्यादै सम्पूर्ण नेता तथा कार्यकर्तालाई गठबन्धन प्रति वफादार भएर काम गर्न निर्देशन समेत दिएका थिए।

कार्यक्रमको विशिष्ट अतिथि संघिय परिषद् सदस्य मो. अब्दुल्ला शेख, अतिथि हंसपुर नगर अध्यक्ष रामनारायण कापडि लगायत जसपा नेपाल जनकनन्दिनी गा.पा का स-सचिव विजय यादव, कोषाध्यक्ष रामजतन साह वडा नं-६ का निवर्तमान वडा अध्यक्ष विक्रम यादव, समाजवादी युवा संघ जिल्ला सदस्य शम्भु खेरवार यादव, समाजवादी ट्रेड युनियन महासंघ प्रदेश स-सचिव सभ्य यादव लगायत स्थानीय वुद्धिजिवी, किसान, महिला, युवा हरु को उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर