Advertisement

कोशी प्रदेशविरुद्ध काठमाडौंमा प्रदर्शन, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग

न्युजडेस्क
२०७९ चैत्र १७, शुक्रबार १८:०९

काठमाडौँ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । आज (शुक्रवार) काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो ।
सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीमध्येका लेखक राजन मुकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडो भन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए । उनले नागरिकको समस्या समाधान गर्न नसके, प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्व (मुख्यमन्त्री र प्रधानमन्त्री) ले राजीनामा दिनुपर्ने बताए । राज्यपक्ष शुरुवाती चरणमा गम्भीर नबने पनि समय र परिस्थितिले गम्भीर हुन बाध्य गराउने उनको भनाइ थियो ।
प्रदर्शनकारीले पहिचान विरोधी होशियार, कोशी प्रदेश खारेज गर्, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर्, संघीयता पुनः सीमाङ्कन गर्, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई शहीद घोषणा गर् लगायतका नारा लगाएका लिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर